इजरायली आक्रमणमा लेबनानमा हालसम्म ५५८ जनाको मृत्यु, १८०० भन्दा बढी घाइते

इजरायली आक्रमणमा लेबनानमा हालसम्म ५५८ जनाको मृत्यु, १८०० भन्दा बढी घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि इजरायली हवाई आक्रमणमा ५० बालबालिकासहित ५५८ जनाको मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा १८०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले भने, 'आक्रमणमा १८३५ जना घाइते भएका छन् । घाइतेहरूको हेरचाह गर्न मेडिकल स्टाफले आफ्नो क्षमताभन्दा बाहिर काम गरेका छन्। स्वास्थ्य क्षेत्रलाई हाम्रो सहयोगको खाँचो छ । हामी आशा गर्छौं कि आउने समय खराब नहोस्।'

चार स्वास्थ्यकर्मीहरू पनि इजरायली आक्रमणमा मारिएको उनले बताए। अस्पताल र एम्बुलेन्समा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको अबियादले बताए।

लेबनानका प्रधानमन्त्री संयुक्त राष्ट्र संघको बैठकमा भाग लिन अमेरिका जाने

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने बताएका छन् । यसअघि मिकातीले इजरायली आक्रमणलाई ध्यानमा राख्दै यो भ्रमण रद्द गरेका थिए ।

त्यस्तै इजरायली सेनाले हतियार गोदामहरू भएका भवनहरूमा आक्रमण गरेकोमा आफू विश्वस्त रहेको बताएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.