राजतन्त्रप्रति प्रचण्ड नरम

प्रचण्ड-मिश्रको संवादप्रति भट्टराईको व्यङ्ग्य - बिरालो म्याउँ गरिछाड्यो, वास्तविकता त्यही हो

प्रचण्ड-मिश्रको संवादप्रति भट्टराईको व्यङ्ग्य - बिरालो म्याउँ गरिछाड्यो, वास्तविकता त्यही हो

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीचको संवादबारे टिप्पणी गरेका छन् ।

पूर्वसहकर्मी प्रचण्डले राजतन्त्रबारे दिएको अभिव्यक्तिलाई लिएर ‘बिरालोले झै म्याउँ’ गरेर आफ्नो वास्तविकता देखाएको भन्दै सामाजिक सञ्जालमार्फत् डा. भट्टराईले व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्। 

‘वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति  सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याँउ गरिहाल्छ रे!’ मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् पूर्व माओवादी नेता समेत रहेका भट्टराईले भने,‘प्रचण्ड र रवीन्द्र मिश्रबीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलन भित्रको भीषण अन्तरसंघर्ष देखि जान्ने सबैलाई थाहा छ अहिले 'बिरालो म्याँउ' गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।’

सशस्त्र युद्धमा माओवादीभित्र प्रचण्ड र भट्टराईबीच राजतन्त्रसँग सहकार्य गर्ने कि संसदवादी दलसँग सहकार्य गर्ने भन्ने विषय चरम विवाद रहेको थियो। बेला-बेला प्रचण्डलाई राजापरस्तको आरोप लाग्ने गरेको भट्टराईको भनाई र मिश्रको दाबीले थप पुष्टि गरेको छ।

नेसपाका संयोजक भट्टराईले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट नभई नेपाली शोषित पीडित जनताको बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको स्मरण गरे। केही भट्टराईले राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग साँटिएका उपलब्धीहरू खोस्न नसक्ने चेतावनी दिए।

मिश्रसँगको भेटमा राजतन्त्रप्रति प्रचण्ड नरम देखिएको भन्दै उनले भनेका छन्, ‘यसको अर्थ हो- गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्! खोस्न दिनु हुँदैन!’

भेटमा राजा महेन्द्र भिजनरी भएको र द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक र आफू राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा भएको प्रचण्डले बताएको मिश्रले दाबी गरेका छन्। 

‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका 'भिजनरी' राजा रहेछन्।’ प्रचण्डको भनाई उद्दृत गर्दै मिश्रले भने, ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।’ 

मिश्रलाई प्रचण्डले भनेका छन्, ‘म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। 'निरन्तरतामा क्रमभंगता' अत्यावश्यक भइसक्यो।’


प्रचण्डसँगको भेटपछि मिश्रले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :

प्रचण्डसँग मनका कुरा !

हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।

"अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश 'विस्फोटनको अवस्था' तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको 'अग्रगमन', नाम र सालिक केही बाँकी रहने छैन।" लामो व्याख्या सहित सारमा मैले यही भनेँ।

त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो:

  • १. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेको छु।
  • २. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका 'भिजनरी' राजा रहेछन्।
  • ३.द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।
  • ४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।
  • ५. देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।
  • ६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।
  • ७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। 'निरन्तरतामा क्रमभंगता' अत्यावश्यक भइसक्यो।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ/बित्नेछ भन्नेमा सम्भवत: उनीहरू अनभिज्ञ थिए।

म चाहिँ 'ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु' भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.