श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिद्वारा संसद विघटन,  संसदीय निर्वाचन घोषणा,

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिद्वारा संसद विघटन,  संसदीय निर्वाचन घोषणा,
सुन्नुहोस्

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन्। अब मुलुकमा संसदीय निर्वाचन हुँदैछ । नोभेम्बर १४ मा संसदीय निर्वाचन हुने जनाइएको छ ।

२२५ सिटमध्ये दिसानायकेको पार्टी नेसनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै पाएको छ । यसअघि दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्री चयन गरेका थिए ।  

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले संसदीय निर्वाचनका लागि छिट्टै संसद विघटन गर्ने बताएका थिए ।

उनले नीति कार्यान्वयन गर्न सकेसम्म चाँडो निर्वाचन हुने बताए । उनले यसअघि जनताको इच्छाविपरीत बनेको संसदलाई निरन्तरता दिनुको कुनै अर्थ नभएको बताए ।

यसअघि २०२० अगस्टमा श्रीलंकामा आम निर्वाचन भएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.