जहाँ गर्भवतीलाई दिइन्छ टेलिफोनबाटै परामर्श

जहाँ गर्भवतीलाई दिइन्छ टेलिफोनबाटै परामर्श
सांकेतिक तस्बिर
सुन्नुहोस्

वीरेन्द्रनगरका गर्भवती आमालाई सरकारले तोकेअनुसार अनिवार्य चारपटक गर्भ जाँचमा एक हजार रुपैयाँ र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध

दैलेख : कर्णालीको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल सोमबार सहरी स्वास्थ्य केन्द्र दौलतपुर पुगिन् । वीरेन्द्रनगर–२ मा रहेको उक्त केन्द्रबाट पुगेर नगरप्रमुख ढकालले गर्भावस्थामा रहेकी स्थानीय नर्मा थापालाई फोन गरिन् ।

नगरप्रमुख ढकालले थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । नियमित गर्भ जाँच गरे, नगरेकोबारे जानकारी सोधिन् । प्रसूति सेवाका जाने ठाउँ थाहा भए नभएको बुझिन् । पोषणको स्थितिबारे समेत जानकारी लिइन् । उनले थापालाई गर्भावस्थामा केही समस्या आए ढुक्कसँग स्वास्थ्य संस्थामा आएर नगरपालिकाले दिने सुविधा लिन आग्रह गरिन् । यसरी नै हरेक गर्भवतीसँग फोनबाटै भलाकुसारी गर्ने सेवा अब वीरेन्द्रनगरका १६ वटै वडाबाट कार्यान्वयनमा आउनेछ । 

नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरमै स्वास्थ्य सेवा प्रदान गर्न ‘हेलो गर्भवती आमा’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यो कार्यक्रमअन्र्तगत अब हरेक हप्ता गर्भवती तथा सुत्केरी आमाहरूलाई दक्ष स्वास्थ्यकर्मीहरूले फोन गर्ने छन् । स्वास्थ्यकर्मीले फोनबाटै आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिनेछन् । नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाब तथा आवश्यक जाँच पड्ताल, खोप, पोषण तथा सरसफाइ, गर्भवती अवस्थामा देखापर्ने खतराका चिह्नहरू, प्रसूति पूर्वको तयारीका साथै अन्य स्वास्थ्य सेवा गर्भवती तथा आमालाई टेलिफोनमार्फत घरमै सेवा दिने उद्देश्यले कार्यक्रम कार्यान्वयन गरिएको नगरप्रमुख ढकालले बताइन् ।

‘वीरेन्द्रनगरमा रहेका गर्भवती आमाहरूलाई सरकारले तोकेअनुसार अनिवार्य चार पटक गर्भ जाँचमा एक हजार रुपैयाँ र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईरहेका छाँै’, नगरप्रमुख ढकालले भनिन्, ‘गर्भावस्थामा रहेका महिलाले जाँच गर्न स्वास्थ्य संस्थामा आउने समय बिर्सिएर छुट्न थालेपछि नयाँ कार्यक्रम थालनी गरेका हौं ।’ महिला स्वास्थ्य स्वयम्सेविकामार्फत १६ वटा वडामा रहेका गर्भवती आमाहरूको पूर्ण विवरण स्वास्थ्य केन्द्रहरूमा राखिएको छ । सोही विवरण हेरेर हप्ता तथा जाँच गर्ने समयमा स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीले गर्भवतीलाई टेलिफोनमार्फत आवश्यक सरसल्लाह तथा परामर्श दिने व्यवस्था मिलाइएको छ ।

चार पटक गरिने गर्भ जाँचलाई बढाएर सरकारले आठ पटक गर्नुपर्ने अनिवार्य प्रोटोकल लागू गरेपछि यसबाट छुट्न सक्ने सम्भावित आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गरेर टेलिफोनबाटै परामर्श दिन थालिएको नगरप्रमुख ढकालको भनाइ छ । ‘नयाँ प्रोटोकल लागू भएपछि यसको जानकारी नुहुनु र जाँच गराउने समय बिर्सिनेलगायतका कारणले गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा जाँच गराउन नआउने भएपछि स्वास्थ्य संस्थाबाटै सम्पर्क गरी सेवा दिने प्रणालीको विकास गरिएको हो,’ नगरप्रमुख ढकालले भनिन् । 

नगरपालिकाले यसअघि चार पटकसम्म जाँच गर्न आउने गर्भवतीलाई प्रोत्साहनस्वरूप एक हजार र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आइएको थियो । नगरपालिकाका १६ वडामा २० वटा स्वास्थ्य केन्द्रहरू छन् । नगरपालिकाले यी स्वास्थ्य संस्थाबाट हालसम्म २ सय ८४ जना गर्भवती आमालाई सुत्केरी हुन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । आठपटक गरिने जाँचमा भने अधिकांश गर्भवती महिलाहरू छुट्न थालेपछि नयाँ रणनीति लिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमले आर्थिक रूपमा विपन्न महिलाहरूलाई आवश्यकताका आधारमा घरमै सेवा लिनसमेत सहज हुनेछ ।

नगरपालिकाले हालसम्म पाँच हजार गर्भवती तथा सुत्केरी आमालाई प्रत्येक महिना टेलिफोनमार्फत गर्भावस्थाका जोखिमका कारण हुन सक्ने अकाल मृत्युलाई रोक्न परामर्श सेवा दिएको  छ । सुत्केरी हुनका लागि बर्थिङ सेन्टरसम्म पुग्न नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिएको नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख भूपेन्देव गिरीले बताए । ‘२ सय १२ जना गर्भवतीको भिडियो एक्सरे, १ सय ७२ जनालाई नगरप्रमुख पोषण कोशेली प्रदान गरिएको छ,’ गिरीले भने ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.