७६ वटै जिल्लामा फैलियो डेंगु , बिरामीले टेकु अस्पताल भरिभराउ

७६ वटै जिल्लामा फैलियो डेंगु , बिरामीले टेकु अस्पताल भरिभराउ
टेकु अस्पतालमा उपचार गराइरहेका डेंगुका बिरामी। तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकालगायत अधिकांश जिल्लाहरूमा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ।  हालसम्म मुलुकभर १२ हजार ६ सय ४४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

null

मन्त्रालयका अनुसार  यस वर्ष हुम्लाबाहेक ७६ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। डेंगु संक्रमण फैलिएसँगै अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ।

असोज सुरू भएयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ।

null

बिरामीको चाप बढेपछि खालि प्यासेजमा राखेर संक्रमितको उपचार भइरहेको छ। अहिलेसम्म डेंगुको औषधि अथवा खोप नेपालमा उपलब्ध छैन। तर सुरुवाति लक्षणका आधारमा चिकित्सकले डेंगु निको पार्न सक्छन्। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.