रातमाटा स्वास्थ चौकीबाट एक्सरे सेवा सुरू

रातमाटा स्वास्थ चौकीबाट एक्सरे सेवा सुरू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिन्धुली :  सिन्धुलीको सुनकोशी गाउँपालिका- ३ मा रहेको झाँगाझोली रातमाटा स्वास्थ चौकीमा एक्सरे सेवा सुरू भएको छ । गाउँपालिकाले एक्सरे मेसिन खरिद र मेसिन राख्ने भवनको निर्माण गरेपछि गाउँको स्वास्थ्य चौकीबाटै उक्त सेवा सुरू भएको हो ।

गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले एक कार्यक्रमका बीच उक्त एक्सरे सेवाको सुभाम्भ गरेकी हुन् ।  गाउँकै स्वास्थ्य चौकीमा एक्सरे सेवा सुरू भएपछि स्थानीयहरू लाभान्वित बनेका छन् । स्वास्थ चौकीमा एक्सरे सेवा सुरू भएपछि यो सेवा लिन धुलिखेल, काठमाडौंलगायत अन्यत्र जानुपर्ने बाध्यता हटेको स्थानीयले प्रतिकृया दिएका छन् ।

यसैबीच उक्त स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतलाको रुपमा विकास गरिने गाउँपालिकाकी अध्यक्ष दाहालको भनाइ छ । १५ शैयाको अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले भवन निर्माणमा बजेट विनियोजन गरिदिएपछि स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न लागिएको हो । 

‘गाउँपालिकाले स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि आवश्यक प्रकृया सुरु गरिसकेको छ,’अध्यक्ष दाहालले भनिन्,‘भवन निर्माणको काम समेत यसै वर्षबाट सुरु हुनेछ ।’ 

उनका अनुसार अर्थ मन्त्रालयले सुनकोशीसहित देशभरका ३ सय ९६ वटा १५ शैयाको आधारभूत अस्पताल बनाउन संघीय सरकारले कूल ५१ अर्ब ८४ करोड ५५ लाख ८९ हजार रूपैयाँ बजेट सुनिश्चित गरेको छ । 

हालको भौतिक संरचनामा १५ शैयाको आधारभुत अस्पताल संचालन गर्न सम्भव नभएपछि सिन्धुली क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य राजन दाहाल,सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइरालालगायतले अस्पताल भवन निर्माणका लागि पहल थालेका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.