राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : इजरायललाई रोक्नु पर्छ नत्र विश्वमा युद्ध हुन्छ

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : इजरायललाई रोक्नु पर्छ नत्र विश्वमा युद्ध हुन्छ
सुन्नुहोस्

इरानका राष्ट्रपति मसुद पजाकियानले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इजरायललाई रोकेन भने विश्वमा नै युद्धको खतरा भएको बताएका छन्। उनले इरानले उक्त क्षेत्रमा तनाव बढ्न सक्ने सम्भावना भएकोले लेबनानमा इजरायलले गरेको आक्रमणको ततकाल जवाफ नदिने बताए। 

पाजास्कियानले इजरायललाई रोक्न आवश्यक रहेको बताउँदै भने, 'इजरायललाई रोकिएन भने सम्पूर्ण मध्यपूर्व र त्यसपछि विश्व नै युद्धको चपेटामा पर्नेछ।' उनले गाजामा तुरुन्तै हिंसा रोक्न र स्थायी युद्धविराम लागू गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरे।

७० वर्षीय इरानी नेताले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विचार व्यक्त गरेको यो पहिलो पटक हो। इब्राहिम रायसीको मृत्युपछि पज्कियान जुलाईमा इरानको राष्ट्रपति बनेका थिए ।

 
इरानी राष्ट्रपतिले इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाएका छन् । उनले गाजामा विगत ११ महिनामा ४१ हजार निर्दोष मानिसको निर्ममतापूर्वक हत्या भएको बताए । तीमध्ये अधिकांश महिला र बालबालिका थिए । पछिल्लो एक वर्षमा इजरायलको वास्तविकता विश्वसामु खुलासा भएको उनको आरोप छ।

 उनले इजरायलले इरानी वैज्ञानिक, कूटनीतिज्ञ र उनीहरूका पाहुनाको पनि हत्या गरेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.