मापदण्ड विपरितका संरचना भत्काउन थाल्यो भरतपुर महानगर

मापदण्ड विपरितका संरचना भत्काउन थाल्यो भरतपुर महानगर
सुन्नुहोस्

चितवन : चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरू भत्काउने काम सुरु गरेको छ । भरतपुर महानगर पालिकाले खोलाको सिमाना भित्र रहेका भौत्तिक संरचना हटाउन ३५ दिने सूचना निकालेको तर बेवास्ता गरेको कारण डोजर लगाएर भत्काउने काम सुरू गरेको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले बताइन् ।

उनले सार्वजनिक जग्गाहरूमा भौत्तिक संरचना निर्माण गर्ने र व्यवसाय सञ्चालनको लागि भाडामा दिने गरेको पाइएको बताइन् । पुङ्गी खोलाको सिमाकंन भरतपुर महानगर पालिकाको ११ नम्बर वडाको गणेश थान देखि राम घाटसम्म करीब साढे ५ किलो मिटर क्षेत्रको खोलाको वरपर सिमाकंन गरेर सौन्दर्यकरण गर्ने वाकीङ्ग ट्रेल निर्माण योजना रहेको उनले जानकारी दिइन्।

भरतपुर महानगरले नारायणगढ बजारको मुटुमा रहेको लायन्स क्लबको भवन पुगी खोलाको खोलाको क्षेत्रमा निर्माण भएको कारण भत्काएको छ । करिब ५५ सालमा निर्माण भएको उक्त भवन लायन्स क्लबको आफ्नै भवन हो ।

उक्त खोलाको सिमाङ्कन नापी गर्ने क्रममा धेरै घरहरू परेका छन् । खोलाको सिमाङ्कन गर्ने क्रममा खोलाको वरपर कति मिटर छाड्ने भन्ने यकिन नभएको भरतपुर महानगर पालिकाका नापी अधिकृत विकास देवकोटाले बताए।

महानगरले रातो पुर्जा नभएको र खोलाको सिमाना मिचेर बनेका घर टहरा सबै हटाउने जनाएको छ । लायन्स चोकबाट परिचित उक्त स्थानको लायन्स क्लबको भवन भत्किएपछि लायन्सको अस्तित्व नै मेटिने चिन्ता व्यक्त गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.