घुस लिने र दिने दुवै अख्तियारको नियन्त्रणमा, आयोगले थाल्यो अनुसन्धान

घुस लिने र दिने दुवै अख्तियारको नियन्त्रणमा, आयोगले थाल्यो अनुसन्धान
तस्बिर : अन्नपूर्ण

झापा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका बुद्धशान्ति गाउँपालिका २ नम्बर वडाध्यक्ष डिल्लीप्रसाद ओलीमाथि अनुसन्धान सुरू गरेको छ । आयोगको टोलीले घुस लिने वडाध्यक्ष ओली र घुस दिने भारतीय नागरिक अमरनाथ चौहान दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले गएराति ९ बजेसम्म इलाका प्रहरी कार्यालय बिर्तामोडमा सर्जमिन मुचुल्का उठाएर दुवै जनालाई इटहरी लगिसकेको छ । थप अनुसन्धानका लागि बुधबार काठमाडौँ लगिने आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

सेवाग्राही चौहानसँग ८० हजार रुपैयाँ घुस लिँदालिँदै वडा अध्यक्ष ओलीलाई विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका कार्यकर्ताले मंगलबार दिउँसो करिब १ बजे बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको थियो । 

सेवाग्राही चौहानले बुद्धशान्ति गाउँपालिकामा आफ्नो व्यवसाय सञ्चालनका लागि स्थानीय चतुर्भुज घिमिरेसँग सहकार्य गरेका थिए । चौहानले बुद्धशान्तिमा जग्गा खरिदका लागि घिमिरेलाई भारतीय रुपैयाँ १४ लाख ५० हजार अर्थात् नेपाली रुपैयाँ २३ लाख २० हजार दिएका थिए । सोही रकम बमोजिम घिमिरेले बुद्धशान्ति ५ मा जग्गा खरिद गरेका थिए । पछि घिमिरेले भारतीय नागरिक भएकोले चौहानलाई धोका दिएर जग्गामा आफ्नो नाममा हड्पी हाले । चौहान पीडित भएपछि न्यायका लागि बुद्धशान्ति २ नम्बर वडा कार्यालय पुगे । 

वडा कार्यालयको मेलमिलाप समितिले दुवै पक्षलाई बोलाएर रकम फिर्ता वा जग्गा नामसारी गरिदिने सर्तमा लिखित कागज गराएका थिए । सो कागज वडा अध्यक्ष डिल्लीप्रसाद घिमिरेकै रोहबरमा २०८० साल चैत १ गते गराइएको थियो । कागजमा भनिएको छ, चौहानले घिमिरेलाई दिएको २३ लाख २० हजार रकममध्ये घिमिरेले २ लाख २७ हजार ३ सय रुपैयाँ खर्च भएको बताएकोले बाँकी रकम २० लाख ९२ हजार ७ सय रुपैयाँ २०८१ भदौ मसान्तभित्र वडा कार्यालयको रोहबरमा चौहानलाई उपलब्ध गराउने वा खरिद गरिएको जग्गा चौहानको विश्वासिलो व्यक्तिको नाममा नामसारी गरिदिने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।

 सोही निर्णय बमोजिम घिमिरेले चौहानलाई रकम फिर्ता गर्ने हुँदाहुँदै पछि वडा अध्यक्ष ओलीले पीडित चौहानसँग रकमको बार्गेनिङ गर्न थाले । रकम उपलब्ध गराइदिने सर्तमा वडा अध्यक्ष ओलीले चौहानसँग एक लाख भारु मागेका थिए । 

आफू पीडित भएकोले ५० हजार भारु मात्र दिन सक्ने भनेपछि अनन्त वडा अध्यक्ष ओली उनका कुरामा सहमत भए र रकम लिने बिर्तामोड आएका थिए । यता  वडाध्यक्ष ओली पक्राउ परी निलम्बनमा परेपछि अब कसलाई कार्यवाहकको जिम्मा दिने सम्बन्धमा बुद्धशान्ति गाउँपालिका कार्यालयले छलफल अघि बढाइसकेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.