एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
सुन्नुहोस्

काठमाडौं : एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत झापाको बिर्तामोड नगरपालिका, वडा नं. ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ । 

शिविरमा १२० जना बढी स्थानीय महिलाको सहभागिता थियो । त्यसमध्ये ९० जना  बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए । नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले शिविर आयोजना गरेको हो।

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्दछ । सन् २०२२ मा मात्रै २,१६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने यस रोगको कारण १,३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

शिविरमा आएकी बिर्तामोड नगरपालिका, वडा नं. ५ की शोभा ठाकुरले शिविर एकदमै लाभदायक भएको बताइन्। उनले भनिन्,'यहाँ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागि शिविर बस्दैछ भनेर थाहा पाएर साथीहरू पनि लिएर आएँ । आफ्नो स्वास्थ्यको कुरा खुलेर भन्न नसक्दा स्तन क्यान्सर भएर मेरो सासूको निधन भयो। आफ्नो स्वास्थ्य भए मात्रै छोरा,छोरी संसार सबै हुन्छ ।'

त्यसैगरी बेलबारी–५, मोरङबाट शिविरमा आएकी टिका गौतम कोइरालालेले क्यान्सरबाट बच्न स्क्रिनिङ टेस्ट गरिरहनुपर्ने बताइन्। 'यो जीवन लिने डर लाग्दो रोग रहेछ । यसलाई समयमा नै उपचार गर्यो भने बाँच्न सकिन्छ त्यसैले मौका पाएकीले शिविरमा आएकी हुँ । सचेत हुन पाइयो भने यो रोगबाट मुक्त हुन पाइन्छ त्यसैले यो स्क्रिनिङ टेस्ट एकदमै जरुरी छ ।'

शिविरले महिलालाई स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरू लिनुको महत्वलाई उजागर गर्दै पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामको लागि नियमित स्क्रिनिङ र सम्बन्धित परिक्षणहरू गर्न प्रोत्साहन गरेको छ । एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६,००० भन्दा बढी महिलाको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ । 

'हाम्रो यो स्क्रिनिङ पहुँच नभएकाहरूसम्म पुग्ने लक्ष्यमा आधारित छ । अधिकांश मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा अपर्याप्त पहुँचका कारण कम र निम्न मध्यम आय भएका महिलाहरू छन् । पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य र नेपाली महिलाको मृत्युको प्रमुख कारण रहेको तथ्याङ्कले देखाउँछ । ८० प्रतिशत भन्दा बढि पाठेघरको मुखको क्यान्सरका रोगीहरुले अन्तिममा आएर मात्र रोग लागेको थाहा पाउँछन् । कोशी प्रदेशमा सुरू भएको यस पाइलट प्रोजेक्टको सफलता पछि आगामी दिनमा यस किसिमका पहलहरु अन्य प्रदेशमा पनि विस्तार गर्ने छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड,विशाखा लक्ष्मी खड्काले भनिन् ।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो ।  फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू गर्ने योजना बनाएको छ । एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सामाजिक परियोजनाहरूको कार्यन्वयन लागि २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.