संविधान दिवसमा नेपाली मौलिक खानाको प्रचार

संविधान दिवसमा नेपाली मौलिक खानाको प्रचार
सुन्नुहोस्

हङकङ : नेपालमा संविधान जारी भएको ९ वर्ष पूरा भयो । नेपाली जनताको लामो त्याग, तपस्या, बलिदान र संर्षले जनताद्वारा जनताले जनताको लागि शासन गर्ने भनी ०७२ असोज ३ गते लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । यही दिनलाई राष्ट्रिय महत्व र गौरवको दिन भन्दै संविधान तथा राष्ट्रिय दिवसकोरुपमा संसारभरिका नेपालीहरूले खुसी मनाइरहेका छन् । हङकङस्थित महावाणिज्यदूतावासको आयोजनामा एक कार्यक्रमकाबीच राष्ट्रिय (संविधान) दिवस मनाइयो । 

प्रमुख अतिथि जनवादी गणतन्त्र चीन हङकङसार प्रशासनका डेपुटी चिफ सेक्रेटरी चिउक विङहिङ, विशेष अतिथि हङकङसार चीन विदेश मामिला विभाग डिपुटी कमिस्नार फाङ ज्यानमिङ, हङकङ सरकारका बरिष्ठ अधिकारीहरू, परराष्ट्र मन्त्रालय आयुक्त कार्यालय हङकङका अधिकारीहरू, हङकङस्थित कन्सुलर कोप्र्सका सदस्यहरू, गैरसरकारी तथा व्यापारिक संस्थाका प्रतिनिधिहरू, हङकङ र मकाउमा रहेका नेपाली ब्यवसायीहरू, हङकङका स्थानीय नेता, जनप्रतिनिधि, नेपाली संघसंस्थाहरूका प्रतिनिधिहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । 

नेपाली महावाणिज्यदूत उदयबहादुर रानामगरले संविधान प्राप्तिमा ज्यानको बलिदान दिएका सहिदहरूप्रति   श्रद्धाञ्जली व्यक्त गर्दै  प्राप्त संविधान र जनताको अधिकार सामाजिक र आर्थिक रूपान्तरणमा लगाउँनका लागि जोड दिए । रानाले नेपाल र चीनबीचको घनिष्ट कूटनैतिक सम्बन्ध, ब्यापार, वर्षभरिमा भएका उच्चस्तरिय भ्रमणहरू लगायतले आगामी कार्यक्रम र विकासका योजनाहरूले तीव्रता पाउने विश्वास ब्यक्त गरे । 

प्रमुख अतिथि चेउकले हङकङमा रहेका नेपाली समुदायको दीर्घकालीन योगदानको प्रशंसा गर्दै संस्कृतिको आदानप्रदान, ब्यापार र लगानीको माध्यमबाट हङकङ र नेपालको सुमधुर सम्बन्ध कायम राख्ने बताए । कार्यक्रममा नेपाली समुदाय र वाणिज्यदूतावासलाई विभिन्न तवरले साथ र सहयोग गर्ने समुदायका संस्था र सदस्यहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

नेपाली हस्तकला, खाना र पहिचानलाई स्थापित गराउनका लागि नेपाली व्यवसायीहरूद्वारा सञ्चालित जीफिफ््प्टी रेष्टुरेन्ट एन्ड बार, हिमालयन क्याफे एन्ड रेष्टुरेन्ट, नेपाल नेप्लिज कुजिन, एजी एक्सप्रेस, हिमालयज क्राफ्टले उपस्थित स्वदेशी तथा विदेशी पाहुनाहरूलाई नेपाली मौलिक उत्पादन, खाना, क्राफ्टहरूको परिचय दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.