मोरङमा च्याउ खाँदा एकै परिवारका तीनसहित चारजना बिरामी

मोरङमा च्याउ खाँदा एकै परिवारका तीनसहित चारजना बिरामी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर  : मोरङको बूढीगंगा गाउँपालिका–६ औलानपुरमा जंगली च्याउ खाँदा चारजना बिरामी परेका छन् । बिरामी हुनेमा दुई नाबालिकासमेत छन् ।  विषालु च्याउको तरकारी बनाएर खाँदा बिरामी परेकाहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

बूढीगंगा–६ का २९ वर्षीय इन्द्रकुमार लिम्बूको घरमा मंगलबार राति च्याउको तरकारी बनाएर खाएकाहरूमा वान्ता हुने,छाति दुख्नेलगायतका समस्या देखा परेको थियो । प्रहरीका अनुसार च्याउ खाँदा इन्द्रकुमारसहित उनका ८ र ७ वर्षका छोरीहरू तथा छिमेकी ३८ वर्षीया सीता लिम्बू बिरामी परेका छन् । 

बिरामी परेकामध्ये इन्द्रकुमारको अवस्था मध्यम र अरूको सामान्य छ । घरमा पकाएको च्याउ खाएको भएपनि इन्द्रकुमारकी पत्नीको स्वास्थ्यमा भने समस्या देखिएको छैन । सीताको स्वास्थ्यमा बुधबार बिहानबाट मात्रै समस्या देखिएको थियो । त्यसलगत्तै उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.