माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना भयो : महासचिव पोखरेल

माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना भयो : महासचिव पोखरेल

काठमाडौं :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा छटपटी बढेको बताएका छन्। धनगढीमा  पत्रकारसँग कुरा गर्दै पोखरेलले प्रचण्डको छटपटीको कारणले मुलुकको राजनीति तनावपूर्ण बनेको बताएका हुन्।

पोखरेलले माओवादी आन्दोलन हिंसामात्र नभई राष्ट्रमा आतंक नै भएको उल्लेख गरे। ‘प्रचण्डको छटपटीको कारणले मुलुकको राजनीतिमा तनावपूर्ण बनेको छ। नयाँ सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले जुन अभिव्यक्ति दिनुभयो, त्यो अभिव्यक्ति पूर्णत असंसदीय र अराजनीतिक अभिव्यक्ति थियो, त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो।’ पोखरेलले भने,‘ माओवादी द्वन्द्वकालको हिंसाको आलोचना गर्दा हिंसा असंसदीय हो भनेर विरोध गर्नुभयो। माओवादी द्वन्द्वकालको हिंसा मात्र भएन। यथार्थमा भन्नुहुन्छ भने त्यो समयमा राष्ट्रमा आतंक नै सिर्जना गर्ने काम भयो। र दिनदहाडै बसमाथि आगजनि गर्ने काम भयो। राति घरमा सुतेकालाईसमेत आगजनीसमेत गर्ने काम  भए।’

पोखरेलले सत्य निरुपण आयोग गठन गर्ने क्रममा माओवादी स्वयंले यसलाई स्वीकार गरिसकेको उनको भनाई छ। पोखरेलले भविष्यमा यस्तो नदोहोरियोस् भनेर शान्ति सम्झौता भएको उल्लेख गरे।

उनले जनतामा आशा जागेको बेला माइतीघरमा तमासा देखाएर देश नबन्ने बताए। नीतिको आधारमा नेतृत्व विषय होइन समाजमा अस्थिरता र सामाजिक अराजकता मच्चाउने प्रवृत्ति गलत भएको बताए।

महासचिव  पोखरेलले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गर्दा रास्वपा र सभापति रवि लामिछानेले भ्रमपूर्ण प्रचार गरेको बताए। उनले कारबाही गर भनेको विषयलाई क्लीन चिट प्राप्त गरे भनेर भ्रमपूर्ण प्रचार गर्नु अनुचित भएको धारणा राखे।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.