कर्मचारीलाई गृहमन्त्रीको निर्देशन - विमानस्थल देशको ऐना हो, आउने जानेसँग राम्रो व्यवहार गर्नुहोस्

कर्मचारीलाई गृहमन्त्रीको निर्देशन - विमानस्थल देशको ऐना हो, आउने जानेसँग राम्रो व्यवहार गर्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयसम्बन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’सुधार गर्न आवश्यक रहेको बताएका छन्। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाइ नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य नहुने बताए।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीलाई निर्देशन समेत दिए। 'अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो,'उनले भने,'आउने मान्छेले नेपाल हेर्ने यही हो,र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।'

गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण,नरम र सेवामुखी हुन जरुरी रहेको बताए। सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । 

अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.