इटहरी यातायात कार्यालयमा बिचौलियाको काम गर्ने १७ जना पक्राउ

इटहरी यातायात कार्यालयमा बिचौलियाको काम गर्ने १७ जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

धरान  : सुनसरीको इटहरीस्थित यातायात कार्यालय परिसरमा बिचौलियाको काम गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।  बुधबार प्रहरीले  उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र र सवारी साधन नामसारीका लागि आउने सेवाग्राहीसँग मोटो रकम असुल गर्दै आएको गुनासो आएपछि प्रहरी परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन् । 

उनले जिल्ला प्रहरी कार्यालय र इटहरी इलाका प्रहरी कार्यालयको टोली परिचालन गरी एकजना नक्कली डाक्टरसहित १७ जना बिचौलिया नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.