गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाउँपालिका प्रथम

गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाउँपालिका प्रथम
सुन्नुहोस्

वीरगन्ज : पर्सामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम भएको छ। वीरगन्जमा आयोजित स्वास्थ्य कार्यालय पर्साको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा गुणस्तरीय स्वास्थ्य सेवाको कार्य सम्पादनमा जिल्लाका १४ वटै पालिकामध्ये ठोरीले प्रथम स्थान हासिल गरेको घोषणा गरिएको हो।

गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालय पर्सामार्फत सञ्चालित कार्यक्रमहरूमा पालिकाका स्वास्थ्य शाखाले हासिल गरेका प्रगतिको समीक्षा र मूल्यांकन गर्दा ठोरी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको जनस्वासथ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए। त्यस्तै जगरनाथपुर गाँउपालिकाले दोस्रो र सखुवा प्रसौनी गाउँपालिकाले तेस्रो स्थाान प्राप्त गरेको ठाकुरले जानकारी दिए।

गोष्ठीको समापन कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सन्जय ठाकुरले पहिलो, दोस्रो र तेसस्रो स्थान प्राप्त गर्न सफल पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे। त्यस अवसरमा सचिव डा. ठाकुरले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिने हो र उनीहरूको हौसला बढाइदिने हो भने स्वतः सुशासन कायम हुने बताए। काम गर्ने वातावरण भएन र उनीहरूको मनोबल बढाउने काम भएन भने कर्मचारीको काम गर्ने जाँगर नै मर्ने भएकाले त्यसले कार्यसम्पादनको नतीजामा नकरात्मक प्रभाव देखिने उनले बताए। 

डा. ठाकुरले स्वास्थ्यकर्मीले समुदायमा भिजेर काम गर्नुपर्नेमा जोड दिँदै त्यसकै फलस्वरुप पर्सा स्वास्थ्य कार्यालय मधेसका आठवटै जिल्लामा पहिलो हुन सफल भएको पनि बताए। कार्यक्रममा मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयका सचिव राजिव झाले स्वस्थ्य कार्यालय पर्साको कार्यसम्पादन मधेस प्रदेशमै उत्कृष्ट रहेको बताए। यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन उनले आग्रह गरे। 

दुई दिने समीक्षा गोष्ठीमा पर्सामा स्वास्थ्यका क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्यका क्षेत्रमा गरिने कार्यक्रमको योजना निर्माणमा समेत छलफल भएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.