नागरिक उन्मुक्तिका दुई दर्जन बढी केन्द्रीय नेताहरू राष्ट्रिय मुक्ति क्रान्तिमा समाहित

नागरिक उन्मुक्तिका दुई दर्जन बढी केन्द्रीय नेताहरू राष्ट्रिय मुक्ति क्रान्तिमा समाहित
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी(नाउपा)का दुई दर्जन बढी केन्द्रीय नेताहरू राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएका छन्। नाउपाका केन्द्रीय उपाध्यक्ष विजय कुमार यादवको नेतृत्वमा पार्टीमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई दर्जन बढी केन्द्रीय सदस्यहरू राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएका हुन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी परित्यागको घोषणा गर्दै आफूहरू राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएको बताएका छन्। नाउपाका केन्द्रीय उपाध्यक्ष विजय कुमार यादव र केन्द्रीय सदस्य मोहम्मद तनवीर अख्तर मिकरानीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवं सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिंडेका आफूहरूले पार्टीभित्रको गलत तत्वहरू नसुध्रिने छाँटकाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेका केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हाबी भएको उनीहरूको आरोप छ। नेतृत्वले पार्टीलाई प्राइभेट लिमिटेड सम्झी आफ्नै विरासत सम्झिने गरेको पनि टिप्पणी गरेका छन्।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुनेहरूमा नाउपाका केन्द्रीउ उपाध्यक्ष यादवसँगै केन्द्रीय सदस्यहरू विरेन्द्र महतो(धनुषा), सुनिता कुमारी महतो(धनुषा), दिनेश यादव(धनुषा), विष्णुनारायण यादव(सिरहा), रामअशिष चौधरी(पर्सा), सरिता महतो चौधरी(पर्सा), पप्पुकुमार महतो(पर्सा), अफताब हवारी(पर्सा), अरुणकुमारी चौधरी(बारा), निराजन चौधरी(बारा), उर्मिला राणा(बारा), पप्पु कुमार बैठा (बारा) लगायत दुईदर्जन बढी केन्द्रीय नेताहरु रहेका छन्।

बहुल राष्ट्रिय राज्य स्थापनासहित समृद्ध मधेश तथा समृद्ध देश निर्माणका लागि आफूहरुले आवश्यक छलफल गरि नयाँ हिसाबले अगाडि बढ्न राष्ट्रिय मुक्ति कान्ति नेपाल पार्टीमा समाहित भएको यादवले बताए। उनले भने, ‘अहिले यो पहिलो चरणमा हामी यति संख्यामा समाहित भएका छौं। अरु केन्द्रीय सदस्यहरू पनि हाम्रो सम्पर्क हुनुहुन्छ। छिट्टै अरु साथीहरूलाई पनि समाहित गर्छौं,’ यादवले अन्नपूर्णसँग भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.