आलीपेको साथमा मोको क्युआरले नेपालको डिजिटल भुक्तानीमा रूपान्तरण गर्दै

आलीपेको साथमा मोको क्युआरले नेपालको डिजिटल भुक्तानीमा रूपान्तरण गर्दै

काठमाडौं : नेपालको वित्तीय सेवा कम्पनी फोकसवान पेमेन्ट सोल्युसन्सले मोको युनिफाइड QR कोडमा आलीपे + को एकीकरणको घोषणा गरेको छ।

यस एकीकरण हिमालयन बैंकको महत्वपूर्ण साझेदारीमा सम्पन्न भएको हो। जसले नेपालको व्यापारिक क्षेत्रमा अन्तर्राष्ट्रिय ग्राहकहरूबाट सहजरूपमा भुक्तानी लिन सकिनेछ। एन्ट ग्रुपसँगको यो साझेदारीले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई नयाँ उचाइमा पुर्‍याउनमा एक महत्वपूर्ण कदम अघि बढाएको छ।

आलीपेले दक्षिणपूर्वी एसियालगायत १४ देशका १.५ अर्बभन्दा बढी उपभोक्ताहरूलाई सहजरूपमा मोबाइल भुक्तानीको सुविधा प्रदान गर्छ। यसमा अलिपे (चीन), अलिपे एचके (हङकङ), टिनाबा (इटाली), एमपे (मकाओ), माइपीबी (मलेशिया), हिपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चांगी पे र ओसीबीसी डिजिटल (सिंगापुर), नावर पेट पे (दक्षिण कोरिया), र मनी (थाइल्याण्ड)जस्ता महत्वपूर्ण भुक्तानी एपहरू समावेश छन्। साथै, काकाओ पे र टच एन गो इवालेट जस्ता थप भुक्तानी एपहरू पनि चाँडै यस सूचीमा समावेश हुनेछन्।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विनोदराज आचार्यले दुईबीचको यो साझेदारीले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा अर्को महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए। यस सेवाले राष्ट्रिय र अन्तर्राष्ट्रिय ग्राहकहरूको लागि सहज र सुरक्षि भुक्तानीको वातावरण बनाउने उनको भनाइ छ।  जसले गर्दा लेनदेनहरू अझ सजिलो, सुविधाजनक र सुरक्षित हुने उनले अपेक्षा लिएका छन्। नियामकको रूपमा नेपाल राष्ट्र बैंकले उपभोक्ता सेवालाई सधैं प्राथमिकता दिँदै चुनौतीहरूको समाधान गर्न सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

आलीपेको यस विश्वव्यापी पहुँचले मोकोको युनिफाइड QR कोडमा यो एकीकरणलाई थप प्रभावकारी बनाउनेछ। यसले अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय व्यवसायीहरूलाई उनीहरूले रुचाएका भुक्तानी विधिहरू सहजरूपमा प्रयोग गरी कारोबार गर्न सक्षम बनाउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.