विराटनगरको मुनालपथमा लागेको आगो नियन्त्रणमा

विराटनगरको मुनालपथमा लागेको आगो नियन्त्रणमा

विराटनगर : विराटनगर महानगरपालिका-२ मुनालपथस्थित भब्या इन्टरनेशनलमा लागेको आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको छ। 

विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्। दिउँसो २ बजेतिर आगलागी सुरु भएको थियो। आगो ३:४५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। 

इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको छैन। मनिष वंशलले सञ्चालन गर्दै आएको उक्त पसलबाट बिजुलीले चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको थियो। आगोले पसल पूर्णरूपले जलेको छ। क्षतिको विवरण आइसकेको छैन। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले क्षतिको विवरण संकलनको काम भइरहेको बताए। 

आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरू पनि जलेका छन्। ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागी सुरु भएको करिब १ घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोसित बनेका थिए। विराटनगर महानगरपालिकाको दमकललाई घटनास्थल पुग्न नै करिब १ घण्टा लागेको स्थानीय बताउँछन्।
 
यसैबीच राजमार्गसँगै जोडिएको पसलमा आगलागी भएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको थियो। राजमार्गको पूवतर्फ रहेको पसलमा आगो लागेको हो। जसका कारण पूर्वतर्फको लेनमा सवारीसाधन सञ्चालन हुन सकेनन्। घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले ‘डाइभर्ट’ गरेर पश्चिमतर्फको लेनबाट सवारीसाधन सञ्चालनमा सहजीकरण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.