मठमन्दिर संरक्षणका लागि 'गाईघाट कोरा साइकिलिङ च्यालेन्ज'

मठमन्दिर संरक्षणका लागि 'गाईघाट कोरा साइकिलिङ च्यालेन्ज'
गाईघाट कोरा साइकिलिङ च्यालेन्ज २०२४ को पत्रकार सम्मेलनको आयोजना गरी टी-सर्ट सार्वजानिक गरिदै । तस्बिर : भरत खड्का

उदयपुर : पुरातात्विक महत्व बोकेका मठमन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले विगतका वर्षझैं यस वर्ष पनि ‘गाईघाट कोरा साइकिलिङ च्यालेन्ज २०२४' को तय गरिएको छ । जिल्ला साइकिलिङ संघको आयोजनामा असोज १२ गते शनिबार छैँठो संस्करणको कोरा च्यालेन्ज गर्न लागिएको हो ।

सदरमुकाम गाईघाटमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष माधब बाँनियाले पुरातात्विक महत्व बोकेको त्रियुगा नगरपालिका- ८ स्थित खाटमन्दिर संरक्षण र प्रर्वद्धनमा यस वर्ष महत्वपूर्ण भूमिका निर्वाह गरिने बताए । 

यसपटकको कोरामा ३२ किलोमिटरको यात्रा तय गरिएको छ । सदरमुकाम गाईघाटबाट सुरु गरि मोतिगडा–जलजले–चुहाडे–भाण्टावारी–खाटमन्दिर–राजाबास–बोक्से–सिमल्टारहुँदै पुनः गाईघाटमै पुगेर टुंगिने गरी रुढ मिलाइएको उनले बताए ।

करिब ३ घण्टाको यात्रा हुने कोरामा सर्वसाधरणसँगै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी एक सयजना अभियानमा जोडिने संघका पूर्वअध्यक्ष जितेन्द्र रोईला (जितु)ले बताए । उनले भने,‘मुख्य उद्देश्य मन्दिर संरक्षण नै हो, यसका अलवा स्वस्थकर जीवनशैली, पर्यटन प्रर्वद्धनको प्रचार प्रसार हो ।'

‘सामान्य काममा पनि इन्धनवाला सवारी साधन प्रयोग गर्दा aढ्दो प्रदूषण, आर्थिक बोझ छन्,उनले भने,‘वायु प्रदूषणले अस्तव्यस्त सहरलाई सहज बनाउन साइकिलको प्रयोगको प्रेरणा जगाउनु पनि कार्यक्रमको उद्देश्य हो ।'

कोरा भन्नाले साइकिलिङको भाषामा निश्चित क्षेत्रको परिक्रमा हो । घडिको शैलीमा घुम्नु हो । साइकिलिष्टहरूले कोरामा विभिन्न स्थानको भिजिट गर्ने र प्रचार/प्रसार गर्दछन् । यसबाट पर्यटकीय सम्भावनाको खोजी, पुरातात्विक महत्वको संरक्षण, प्रचार प्रसारसँगै प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

साइकिलिङको सम्भावना राम्रो बोकेको उदयपुरमा पछिल्लो समय पर्यटनको रुपमा विकास हुँदै गएको छ । यसले स्वस्थ्य जीवनशैलीलाई प्रवर्द्धन गर्ने, जलवायु परिवर्तनलाई कम गर्ने,पर्यटन पर्वद्धनमा सहयोग पुग्ने, प्रदूषण नियन्त्रणमा सघाउ पुर्‍याउन भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

यो अन्तर्राष्ट्रियस्तर सम्म हुने गर्दछ । अन्तर्राष्ट्रिय स्तरमा यो च्यालेन्जलाई हिमालको सबैभन्दा ठूलो साइकल कार्यक्रम भनेर परिचित छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.