बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

विराटनगर : बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मोरङको ग्रामथानमा बुधबार दिउँसो १ जनाको मृत्यु भएको छ ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिउँसो १ बजेतिर करेन्ट लागेर ग्रामथान गाउँपालिका–२ का ५० वर्षीय जगदीश सरदारको मृत्यु भएको जानकारी दिए । 

आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । 

डीएसपी बस्नेतले घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.