केयु र एनएमबी बैंकबीच छात्रवृत्ति कार्यक्रमको लागि सम्झौता

केयु र एनएमबी बैंकबीच छात्रवृत्ति कार्यक्रमको लागि सम्झौता

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयु) र एनएमबी बैंकबीच छात्रवृत्ति कार्यक्रमको लागि सम्झौता भएको छ। 

समझदारीपत्रमा केयुका तर्फबाट रजिष्ट्रार प्रा.डा. अच्युत वाग्ले र प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले हस्ताक्षर गरे। एनएमबी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनएमबी बैंकका ब्रान्डिङ तथा मार्केटिङ प्रमुख प्रणिषा श्रेष्ठले हस्ताक्षर गरे।

केयुका रजिष्ट्रार प्रा.डा वाग्लेले सझेदारीका लागि बैंकलाई धन्यवाद दिँदै केयूले बैंकर्सहरू उत्पादन गर्दै आएको र महिला तथा सीमान्तकृत वर्गका विद्यार्थीलाई छात्रवृ मार्फत समेटेर बैंकले उदाहरणीय काम गरेको बताए।

सम्झौताअनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र यससँग सम्बधन प्राप्त कलेजमा स्नातक तहमा भर्ना भएका विद्यार्थीहरूलाई कूल सातवटा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। NMB NextGen Banking Leaders Scholarship ले छात्रवृत्ति कार्यक्रममा सातवटै प्रदेशका विद्यार्थीलाई सहभागी गराइने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए।

एनएमबी बैंकको कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) जनादेश र नेपाल राष्ट्र बैंकका नियम पूर्ण पालना साथ गरिएको यो साझेदारीको मुख्य उद्देश्य नेपालमा प्रतिभाशाली महिला बैंकिङ पेशाकर्मीहरूको पुस्ता तयार गर्नु रहेको एनएमबी बैंक निर्देशक उत्तम लामा ब्लोनले बताए।

छात्रवृत्तिले पूरा चार वर्षको कार्यक्रमको लागि सम्पूर्ण ट्युसन शुल्कहरू कभर गर्नेछ। एक जना छात्राले चार वर्षमा ९ लाख २५ हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नेछन्।  फ्यूचर बैंकर्स छात्रवृत्ति कार्यक्रम दुर्गम क्षेत्रका महिला र पछाडि परेका समुदायहरूमा विशेष ध्यान केन्द्रित गर्दै सीमान्तकृत र पिछडिएका पृष्ठभूमिका विद्यार्थीहरूलाई लक्षित छ। हालसम्म विभिन्न पाँच प्रदेश (कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली) का ५ जना छात्रा यो छात्रवृत्तिका लागि छनोट भइसकेका छन्। 

छनोट प्रक्रिया जारी रहेको डा. लामाले बताए। विश्वविद्यालयको तोकिएको कोटाभन्दा बाहिरको छात्रवृत्तिले विद्यार्थीहरूलाई नेपालमा नेतृत्व गर्न, बैंकरहरू र सीईओहरू उत्पादन गर्दै वित्तीय क्षेत्रमा योगदान गर्ने दक्ष जनशक्ति तयार गर्न सहयोग पुग्ने केयूका इन्जिनियर लक्ष्मण लामाले जनाए। 

एआईसीकेयूद्वारा सहजीकरण गरिएको यो साझेदारीले नेपालको मानव पूँजीमा लगानी गरेर शैक्षिक अवसरहरू सुधार गर्न र दिगो विकासलाई अगाडि बढाउन मद्दत पुग्नेछ। छात्रवृत्ति कार्यक्रमको सफलताको मूल्याङ्कन गर्न र निरन्तर सुधारहरू सुनिश्चित गर्न नियमित प्रगति अद्यावधिक र मूल्याङ्कन दुवै संस्थाले संयुक्तरूपमा गर्ने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.