पर्सामा नवनिर्मित कांग्रेस पार्टी कार्यालय भवनको सभापति देउवाले गरे उद्‍घाटन

पर्सामा नवनिर्मित कांग्रेस पार्टी कार्यालय भवनको सभापति देउवाले गरे उद्‍घाटन

वीरगन्ज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  वीरगन्जमा नवनिर्मित पार्टी कार्यालयको उद्‍घाटन गरेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा निर्माण गरिएको 'आत्माराम ओझा-दुखा सहनी स्मृति भवन'को बुधबार सभापति देउवाले उद्‍घाटन गरेका हुन्।

१ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवन तीन तल्ले रहेको छ। वीरगन्ज महानगरपालिका, विभिन्न दाता र कांग्रेसका नेताहरूको सहयोगमा सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण गरिएको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए।

उनका अनुसार भवनको शिलान्यास २०७७ सालमा गरिएको थियो ।छिट्टै पार्टी कार्यालय भवन छेउको जग्गामा माटो पुरेर घेराबारका लागि पर्खाल लगाउने योजना रहेको छ। कुर्मीले त्यसका लागि २९ लाख रुपैयाँ बजेटको व्यवस्थापन भइसकेको जानकारी गराए।

प्रदेशसभा सदस्य श्याम पटेलले कांग्रेस पर्साको पार्टी कार्यालय भवन देशका ७७ जिल्लामै सबभन्दा सुविधासम्पन्न भवन रहेको बताए। 

नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस सरकारका कृषि जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर,केन्द्रीय सदस्य तथा कानुनमन्त्री अजय चौरसिया,केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजाल,केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना,अनिल रुंगटा,उमेशजंग रायमाझी,पूर्वमन्त्री सुरेन्द्र चौधरी,मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा,प्रदेश सभा सदस्यहरु श्याम पटेल,शंकर चौधरी,नेता शोभाखर पराजुली,कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव,महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ,कांग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक गुप्ता,जिल्ला सचिवद्वय इम्तियाज आलम र दिनेश चौधरी लगायतकोपनि सहभागीता थियो ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.