देश हाँक्ने जिम्मेवारी पाए सफलतापूर्वक निभाउँछु : देउवा

देश हाँक्ने जिम्मेवारी पाए सफलतापूर्वक निभाउँछु : देउवा

वीरगन्ज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश हाँक्ने जिम्मेवारी फेरि कांग्रेसको काँधमा आए आफूले सफलतापूर्वक निर्वाह गर्ने बताएका छन्।

बुधबार वीरगन्जमा आयोजित कार्यक्रममा उनले विगतमा सफलतापूर्वक जिम्मेवारी निभाएको र आउने दिनमा पनि त्यो अवसर कांग्रेस र आफ्नो काँधमा आए निभाउने बताए।

सभापति देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेको बताए। पर्सा जिल्ला देशकै महत्त्वपूर्ण जिल्ला भएको भन्दै उनले राणा र पञ्चायतविरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्ष पर्साको वीरगन्जबाटै सुरु भएको स्मरण गरे। 'देशको अर्थतन्त्र धान्नेमा पनि पर्साकै योगदान छ। विगतमा राणा र पञ्चायतविरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्षको बिगुल पनि पर्साकै वीरगन्जबाटै फुकिएको थियो,' उनले भने।

पर्सामा कांग्रेसका महान् सपुतद्वय स्वर्गीय आत्माराम ओझा र दुखा सहनीको नाममा पार्टी कार्यालय भवन निर्माण गरेकोमा पर्साको कांग्रेस नेतृत्वलाई उनले धन्यवाद पनि दिए।
 
त्यस्तैसं घीय मामिला तथा कानुन मन्त्री अजय चौरसियाले नेपालबाट कुनै पनि शक्तिले कांग्रेस पार्टीलाई सिध्याउन नसक्ने बताए। कांग्रेस र लोकतन्त्रमाथि पटक-पटक आक्रमण भएको भन्दै उनले भने, 'कांग्रेस शहीदहरूको शहादत र आन्दोलनको जगबाट बनेको पार्टी हो। त्यसैले कसैले पनि सिध्याउन सक्दैन। कांग्रेसमाथि जतिपटक आक्रमण हुन्छ, त्यति नै बलियो र सशक्त भएर जान्छ।'

उनले एक हुने सके मधेसमा पनि कांग्रेसको नेतृत्वको सरकार बन्ने दाबी गरे। 'त्यसैले सबै नेताकार्यकर्ताले आपसी तीतामिठा कुरालाई बिर्सिएर एक भएर अगाडि बढ्नुपर्छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.