लुटपाट गर्ने तीन जना पक्राउ
काभ्रे : इलाका प्रहरी कार्यालय बनेपाले पनौती नगरपालिका-९ सुन्थान नौबिसे फाँटमा भएको चोरी र लुटपाट घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
असोज ३ गते राति करिब ११:३० बजे १५-१६ जनाको समूहले ७८ वर्षीय कान्छामान गोलेको घरमा नकाबधारी ढंगले प्रवेश गरी लुटपाट गरेका थिए। उनीहरूले घरधनी कान्छामान तामाङ र उनकी श्रीमतीलाई हात बाँधेर मुखमा टेप लगाई चिच्याउन नसक्ने अवस्थामा राखी गरगहना र नगद लुटेका थिए।
घटना भएको जानकारी प्रहरीलाई असोज ४ गते बिहान ७:४० बजे इलाका प्रहरी कार्यालय बनेपामा प्राप्त भएको थियो। प्रहरीले आफ्नो सक्रियता सूचना प्राप्त हुनासाथ, प्रहरी चौकी पनौतीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। घटनामा संलग्न मानिसहरूको हुलियाको आधारमा तीन जना व्यक्तिहरू पहिचान गरी पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरुलाई डाका र चोरी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनामा पक्राउ परेका व्यक्तिहरू पनौती नगरपालिका-४ बस्ने स्थायी घर खानीखोला ६ बस्ने ३६ वर्षीया सरिता तामाङ, खानिखोला गाउँपालिका-२का ४१ वर्षका विचारमान गोले, साङ्गे थोकर, ४० वर्षका शंखुपाटी, धुलिखेल नगरपालिका(१२, का रहेका छन्। उनीहरू बाट नगद १,लाख ४३ हजार पुरानो आधा माना पैसा भएको थैलो, १ तोला सुनको औंठी, आधा तोला सुनको ढुङ्ग्री, आधा तोला सुनको तिलहरी गरी २ तोला सुनका गरगहना लुटेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।