प्रधानमन्त्री ओलीसँग एमसीसीका कार्यकारी प्रमुख अल्ब्राइटको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग एमसीसीका कार्यकारी प्रमुख अल्ब्राइटको भेटवार्ता
तस्बिर : प्रधानमन्त्री सचिवालय

न्युयोर्क : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनकी कार्यकारी प्रमुख  एलिस अल्ब्राइटले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँग एमसीसीकी सीईओ अल्ब्राइटले भेटवार्ता गरेकी हुन्। 

उनीहरुबीच भएको भेटमा नेपालमा निर्माण भइरहेको ऊर्जा तथा सडक पूर्वाधार विकासको विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।  भेटमा प्रधानमन्त्री ओलीले  एमसीसी अन्तर्गतका ट्रान्समिसन लाइन र सडक पूर्वाधार परियोजना निर्माण समयमै सक्ने विश्वास व्यक्त गरे।  null

५० करोड डलर अनुदान प्राप्त हुने यो परियोजनाका लागि २०७४ मा नेपाल र अमेरिकाबीच सम्झौता भएको थियो। एमसीसी परियोजनाका लागि २०६८ सालमा छनोट भएको नेपालले २०७४ भदौ २९ मा सम्झौतामा हस्ताक्षर गरेको थियो। २०७४ भदौ २९ गते तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की वासिङ्टनडीसी पुगेर एमसीसीका कार्यवाहक सीईओ जोनाथन नासका साथ हस्ताक्षर गरेका थिए। 

भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.