सावधान ! हवाई आवागमन हुने क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाउँदै हुनुहुन्छ ?

सावधान ! हवाई आवागमन हुने क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाउँदै हुनुहुन्छ ?
फाइल तस्बिर।

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ । 

दशैं तिहार चाडपर्वमा बालबालिका र युवा युवतीले चंगा उडाउने भएकाले विमानस्थल आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन  प्राधिकरणले निर्देशन दिएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने सूचनामा उल्लेख गरेको छ। कार्यालयले सूचनाको अवज्ञा वा अटेर गरेको पाइएमा कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन हुन सम्बन्धित सवैमा अनूरोध गरिन्छ।’ कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाईएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.