नागढुंगा मुग्लिङ सडकको र्दुदशा : दसैँमा गाउँ फर्किनेलाई सास्ती

नागढुंगा मुग्लिङ सडकको र्दुदशा : दसैँमा गाउँ फर्किनेलाई सास्ती
तस्बिर : विकास रौनियार।

धादिङ : काठमाडौंबाट बाहिरिने मुख्य सडक नागढुंगा–मुग्लिङ सडकखण्ड स्थरोन्नतिको काम समयमै नसकिंदा यात्रा कष्टकर बनिरहेको छ। सडक विस्तारका क्रममा भएका खाल्डाखुल्डी, हिलो, धुलोले गर्दा यो सडक खण्ड भएर यात्रा गर्नु सानोतिनो युद्ध जितेजस्तै हुने गरेको छ। 

अझ दसैँ सुरु हुन दुई हप्ताभन्दा कम समय बाँकी रहँदा काठमाडौंबाट गृह जिल्ला फर्किनेहरूका लागि यात्रा कष्टकर हुने निश्चित जस्तै छ। दसैँ तिहार छठ जस्ता ठूला चाड मनाउका लागि संघीय राजधानी काठमाडौंबाट मात्रै झण्डै २० लाखको हाराहारीमा मानिस गृहजिल्ला कर्किने अनुमान गरिएको छ। एकातिर सडकको बेहाल, अर्कोतर्फ अन्य समयभन्दा सवारी साधन र यात्रुको चाप, त्यसैमा सडकको दुराअवस्थाका कारण जामको समस्या भोग्नु पर्ने निश्चित छ।  

सडक स्थरोन्नति र बर्खामा बिग्रेका सडकमा सवारी साधन गुडाउन नै हम्मे-हम्मे हुने भएकाले भत्केका, खाल्डाखुल्डी सडकको मर्मत गर्नुपर्ने व्यवसायीको माग छ। 

एकातिर सवारी चलाउन निकै कठिन छ भने अर्कोतर्फ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा सवारीचालक र यात्रुहरू छन्। उक्त सडकखण्डको नागढुङ्गादेखि नौबिसेसम्म गत असार महिनामा नै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा पुनः दुई सय ४८ दिनको म्याद थप गरी आगामी माघ महिनासम्म पुर्‍याइएको छ।

सबैभन्दा बढी सास्ती बिरामी बोकेर अस्पताल हिँडेका एम्बुलेन्सलाई हुने गरेको छ।  एक मिनेट ढिलो पुर्‍याउँदा ज्यान जानसक्ने जोखिम भएका बिरामी बोकेका एम्बुलेन्स घण्टौं जाममा बस्न बाध्य भएको एम्बुलेन्स चालक हरिबहादुर श्रेष्ठ बताउँछन्।  

दसैँअगावै खाल्डाखुल्डीरहित बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको र दसैँअगावै एक तहको मर्मत गरिने नागढुंगा–नौबिसे सडक विस्तार पूर्वी खण्डका आयोजना प्रमुख केशवप्रसाद ओझा दाबी गर्छन्। 

यो सडकको पश्चिम खण्डमा १६  प्रतिशत, पूर्वी खण्ड १ मा ६० प्रतिशत र २ मा २३ प्रतिशत निर्माण सम्पन्न भएको छ। सडक विस्तार कार्य छिटो सम्पन्न गरी लाइफ लाइन मानिएको सडकलाई दुरुस्त राख्न अति आवश्यक भइसकेको छ। 
सो सडकखण्ड २०७९ साल जेठमा २४ महिनामा निर्माण सम्पन्न गर्ने गरी ज्याङ्गसु सगुन निर्माण सेवाले संयुक्त रुपमा कामको जिम्मा लिएको थियो। 

नागढुङ्गादेखि मुग्लिनसम्मको सडक स्थरोन्नतिसहित निर्माणको लागि करिब १३ अर्ब रुपैयाँ लगानी गरेको छ। सो रकम विश्व बैंकको ८५ प्रतिशत ऋण सहयोग र बाँकी १५प्रतिशत नेपाल सरकारको रहेको छ।

सडकको दुरवस्था, फितलो यातायात व्यवस्थापन, असुरक्षित सडक र अधिक यात्रु चाँपबीच यसपालि दसैँमा यात्रा गर्नुपर्ने बाध्यता हुन सक्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.