सिधाकुरा डटकमविरुद्धको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउने

सिधाकुरा डटकमविरुद्धको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउने

काठमाडौं : सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्ध अदालतको अवहेलना मुद्दामा आज निर्णय सुनाउने भएको छ। मुद्दाको निर्णय सुनाइका लागि आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको बृहत पूर्ण इजलासमा पेशी चढेको छ।

यसअघि पटकपटक निर्णय सुनाउने मिति तोकिए पनि बृहत् पूर्ण इजलासले निसुको मिति सार्दै आएको थियो। साउन १७ ,भदौ ६  र भदौ २० गते  निर्णय सुनाउनका लागि मिति तोकिएको थियो। तर, सुनुवाइ हुन सकेन। भदौ २० गतेको बृहत पूर्ण इजलासले  मुद्दाको निर्णय सुनुवाइका लागि आज मिति सारेको थियो।

बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधी विश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी,विनोद शर्मा,महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन्। 

सिधाकुरा डटकमले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराईसहित,अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण पोस्ट्का विशेष संवाददाता सुरेन्द्र काफ्ले,वरिष्ठ अधिवक्ताद्वय हरि उप्रेती र किशोर विष्टको नाम जोडेर कीर्ते अडियो बनाई तथ्यहीन सामग्री प्रसारण गरेको थियो। 

यसपछि झुट्टो समाचार प्रसारण गरी अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो। सिधाकुराका  प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइ मुद्दा दर्ता भएको थियो।

सर्वोच्चको पहिलो इजलासले सिधा कुरा डटकमलाई प्रसारण गरेका समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो। सर्वोच्चले सिधा कुरा डटकमले प्रशारण गरेको अडियोबारे छानबिन गर्न समेत आदेश दिएको थियो।

सो अडियोमाथि अनुसन्धान गर्दै नेपाल प्रहरी प्रधान,केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिधा कुरा डट कमले प्रसारित गरेको अडियो 'फेक 'भएको ठहर गर्दै प्रतिवेदन पेश गरेको थियो।

सोहीबीच सरकारी वकिल कार्यालय काठमाडौंले पनि सिधा कुरा डट कमका अध्यक्ष युवराज कँडेल,कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमिल्सनाविरुद्ध मुद्दा दायर गरेको थियो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको  र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.