कोशीमा योजना आयोगका २ सदस्यहरूले दिए राजीनामा

कोशीमा योजना आयोगका २ सदस्यहरूले दिए राजीनामा

विराटनगर : कोशी प्रदेशको योजना आयोगका सदस्यहरूले राजीनामा दिएका छन्। २ जना सदस्यले राजीनामा दिएका हुन्। 

आयोगका सदस्यहरू सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले पदबाट राजीनामा दिएका छन्। दुवै जना नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्यमा नियुक्त भएका थिए। 

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८१ जेठ २८ गतेको निर्णयपछि बराल र न्यौपानेले आयोगको सदस्यमा नियुक्ति पाएका थिए। राजनीतिक नियुक्ति लिएका उनीहरुले माओवादी सत्ता बाहिर पुगेपछि राजीनामा दिएका छन्। 

प्रदेश योजना आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई २ जनाले नै संयुक्त रूपमा बुधबार राजीनामा बुझाएका हुन्। उनीहरुको राजीनामासँगै अब सत्तारुढ नेपाली कांग्रेसले नाम दिएपछि आयोगका नयाँ सदस्य नियुक्त हुने छन्। 

कसैको दबाब र प्रभावमा नभइकन नैतिकताका आधारमा राजीनामा दिएको न्यौपानेले बताइन्। भनिन्, ‘हामीलाई जुन पार्टीले सिफारिस गरेर पठायो, त्यो नै सरकारमा नभएको र सरकारलाई दिएको समर्थनसमेत पार्टीले फिर्ता लिइसकेका कारण नैतिकताका आधारमा हामीले राजीनामा दिएका हौं।’

उनले पार्टी नै सरकारमा नभएपछि पदमा बस्न उपयुक्त नठानेको उल्लेख गरिन्। ‘हाम्रो राजनीतिक नियुक्ति हो। पार्टी सरकारबाट बाहिरिएपछि हामीले अगाडिदेखि नै पदमा धेरै दिन बस्न हुँदैन भनेर राजीनामा दिने मनस्थिति बनाएका थियौं। कसैको दबाब र प्रभावमा हैन। स्वेच्छाले राजीनामा दियौं,’ न्यौपानेले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.