फोन लोनसँगको सहकार्यमा हाम्रो बजारले सुरू गर्‍यो 'बाइ नाउ,पे लेटर'

फोन लोनसँगको सहकार्यमा हाम्रो बजारले सुरू गर्‍यो 'बाइ नाउ,पे लेटर'

काठमाडौं : नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोन लोनसँगको सहकार्यमा 'बाइ नाउ,पे लेट' फिचर सार्वजनिक गरेको छ।  फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ। अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोन लोनका ग्राहकहरूले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्नेछन्। 

किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने  विश्वास कम्पनीले लिएको छ। कुमारी बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोन लोन प्रयोगकर्ताहरूले किस्ताबन्दीको सुविधा आ-आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन्।

हाम्रो बीएनपीएलमार्फत् ग्राहकहरूले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन। ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरूले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ। हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरूले छनोट गर्न सक्छन्।

आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन्। हाम्रो बीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन। यो नेपाली उपभोक्ताहरूका लागि इ-कमर्समा गेमचेन्जर फिचर हो। 

'हाम्रोबजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरूलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनाबविना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौं। यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ,'फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने। 

फोन लोनको बारेमा

फोन लोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्याम हो। यसले योग्य प्रयोगकर्ताहरूलाई तत्काल, धितोविना नै ऋण उपलब्ध गराउँछ। जसका लागि विभिन्न बैंकहरूसँग सहकार्य गरिरहेको छ। 

हाम्रो बजारको बारेमा 

हाम्रो बजार नेपालको सबैभन्दा ठूलो मार्केट प्लेस हो। हाम्रो बजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन्। भरपर्दो प्लाटफर्मको रुपमा हाम्रो बजार गुणस्तरीय सामान उपलब्ध गराउँदै उपभोक्ताहरूको किनमेल अनुभवलाई एकदम फरक बनाउन प्रतिबद्ध छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.