दसैंको खुशीयाली डबल यसपाली ‘दसैं २x रिवार्ड अफर’

दसैंको खुशीयाली डबल यसपाली ‘दसैं २x रिवार्ड अफर’

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरूको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ। यस ‘दसैं २x रिवार्ड अफर’ अन्तर्गत बैंकका ग्राहकहरूले असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन्। 

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (पीओएस तथा ई-कमर्स) र मोबाइल बैकिङबाट गरेको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।  यसरी आर्जन गरेको पाइन्टलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, विमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने छ।

बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ। यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ। यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ कारोबारलाई उत्कृष्ट बनाउने विश्वास लिएको छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.