सात महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

सात महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

दाङ : नेपाल संस्कृत विश्वविद्यालयमा लगाएको ताला सात महिनापछि खुलेको छ। विश्वविद्यालयका क्रियाशील विद्यार्थी सङ्घ संगठनहरूले विभिन्न माग राखेर ७ महिना अगाडिदेखि विश्वविद्यालयमा ताला लगाएका थिए। 

विश्वविद्यालयको तालालागाउने विद्यार्थी संगठनका प्रतिनिधि र विश्वविद्यालयको वार्ता समितिबीच भएको छलफलपछि आन्दोलनरत पक्षको माग पूरा गर्ने सहमति भएपछि ताला खुलेको जनाइएको छ। विश्वविद्यालय अन्तर्गतको वार्ता समिति र विद्यार्थीबीच वार्ता भई सहमति भएपछि ताला खुलेको विश्वविद्यालयका उपलेखा नियन्त्रण नविनकुमार पोख्रेलले जानकारी दिए।

जनता विद्यापीठका प्राचार्य योगराज शर्माको संयोजकत्वमा बनेको वार्ता कमिटीले विद्यार्थीहरूसँगको वार्तापछि ७ महिनापछि ताला खोल्ने सहमतिपछि विश्वविद्यालयको पठनपाठन र प्रशासनिक कार्य भने सहजता आउने छ।

स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरूले विभिन्न माग राखेर लगाएको ताला बिहीबारदेखि खुलेको हो। विद्यार्थीहरूले राखेका मागलाई विश्वविद्यालयले सम्बोधन गर्ने सहमति जनाएपछि विद्यार्थीहरूले ताला खोलेको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.