राजमार्गका होटलमा अनुगमन तीव्र

राजमार्गका होटलमा अनुगमन तीव्र

धादिङ : पृथ्वी राजमार्ग क्षेत्र वरपरका होटल, खाजाघर तथा पसलहरूमा अनुगमन तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा यात्रुहरूबाट धेरै गुनासो आउने होटललाई केन्द्रित गरी अनुगमन गरिएको छ भने केहीलाई जरिबाना तिराइएको छ।

चाडपर्व नजिकिएसँगै संघीय राजधानीबाट झन्डै २० लाख नागरिक गृह जिल्ला फर्किने अनुमान छ। यस्तोमा धेरैजसो यात्रु नागढुंगा नाका र त्यसमा पनि पृथ्वी राजमार्ग हुँदै बाहिरिन्छन्। हजारौं यात्रुहरू बाहिरिने क्रममा राजमार्ग क्षेत्रका होटल तथा खाजा घरहरूमा केही न केही खाना खाने गर्छन्। यसरी उनीहरूले खाने खाना कति स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ। यात्रुहरू नठगियून् र उनीहरूले खाने खाना स्वस्थ होस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धादिङले चाडपर्व लक्षित अनुगमन थालेको छ। विशेषगरी होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूलाई ध्यान दिँदै अनुगमन सुरु गरेको सरोकारवाला निकायको भनाइ छ। सरसफाइ नगर्ने, एमआरपीभन्दा बढी मूल्य लिने, अखाद्य बस्तु बेच्नेलाई कानुनअनुसार कारबाही पनि गरिँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको भनाइ छ। 

उपभोक्ता चाडपर्वमा ठगिने सम्भावना बढी हुने भएकाले अनुगमन बढाइएको उद्योग वाणिज्य कार्यालय धादिङ बताउँछ। अनुगमनबाट केही सुधार भए पनि अझै सुधार गर्न आवश्यक रहेका उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघनाथ गौतम बताउँछन्। 

निरन्तर अनुमनगको प्रभाव केही हदसम्म परेको यात्रु तथा उपभोक्ताहरूले पनि गर्न थालेका छन्। खासगरी पानीलगायतका सामग्री एमआरपीमै पाउन थालेको यात्रुहरू बताउँछन्। सरसफाइ र स्वच्छ खानामा ध्यान दिन यात्रुहरूको सुझाव पनि छ।

अनुमनका क्रममा केही होटलहरू कारबाहीमा पनि परेका छन्। उनीहरूले आगामी दिनमा कमी, कमजोरी सच्याउँदै जाने प्रतिबद्धता पनि जनाएका छन्।

यो आर्थिक वर्ष २०८१/८२ मा धादिङमा ९ पटक अनुगमन गरिएको छ भने ५६ फर्महरूमा अनुगमन टोली पुगेका छ। त्यस्तै ९ वटा फर्ममा लापरबाही गरेकोमा कारबाही गरी ३ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.