आज यी प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध

आज यी प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध
फाइल तस्बिर।

काठमाडौं : देशभर  मनसुनी वायु साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकोले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार आज बिहान देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

त्यस्तै आज दिनभर  देशभर नै धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भने मुसलधारे पानी पर्ने महाशाखाको बुलेटिनमा उल्लेख छ। आज दिउँसो देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीसमेत आउने महाशाखाले उल्लेख गरेको छ। 

आज राती पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित पानी पर्छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने जनाइएको छ । त्यस्तै राती  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  भने मुसलधारे पानी पर्ने र  तराई भू-भागका केही स्थानहरूमा हावा हुरी आउने जनाइएको छ।

शनिबार र आइतबार पनि देशभर नै मनसुन सक्रिय रहने र देशका अधिकांश स्थानमा सामान्यदेखि मुसलधारेसम्म वर्षा हुने बुलेटिनमा उल्लेख छ।

 कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मुसलधारे पानी पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा रहेका मानिसले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.