मन्त्री डा. राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेटवार्ता

मन्त्री डा. राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा ‘युएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ। 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो। 

सो भेटका क्रममा मन्त्री डा राणाले महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले विश्वमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेकी थिइन्।

साथै मन्त्री डा राणाले नेपाल पनि लैङ्गिक समानताका क्षेत्रमा युएन वुमनसँग मिलेर गर्दै आएको कार्यको स्मरण गर्दै आगामी दिनमा थप प्रवर्धन गर्न सदैव तत्पर रहेको बताएकी थिइन्।

त्यस अवसरमा मन्त्री डा राणाले नेपालले महिला सशक्तीकरण, लैङ्गिक समानता, शिक्षा, रोजगारी, उद्यमशीलता तथा अन्य आवश्यकताका क्षेत्रमा महिलाहरूलाई समान अधिकार प्रदान गरिरहेको जानकारी कार्यकारी निर्देशक बहुसलाई गराएकी थिइन्। 

सो भेटका क्रममा लैङ्गिक समानता र महिला अधिकारका लागि नेपालमा भएको लामो सङ्घर्ष तथा आफ्नो सक्रिय सहभागिताका बारेमा पनि मन्त्री डा राणाले उनलाई जानकारी गराएकी थिइन्।

आगामी दिनमा पनि लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले नेपाललाई सहयोगका साथै यस विषयमा नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको सो भेटमा मन्त्री डा राणाले बताएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.