पर्यटन दिवसमा पत्रकार थकाली पुरस्कृत
मुस्ताङ : विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दरकुमार थकाली पुरस्कृत भएका छन् ।
मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धनमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै थकालीलाई नगद १० हजारसहित पुरस्कृत गरेको हो ।
पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालयले नगदसहित पुरस्कृत गरेको हो ।
संविधानसभा सदस्य श्रीमाया थकाली, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेल र एक्यापका कार्यालय प्रमुख प्रमोदराज रेग्मी लगायतका अतिथिहरूले पत्रकार थकालीलाई पुरस्कृत गरे ।
२०७० सालबाट आदर्शसमाज दैनिक पोखरादेखि पत्रकारिता सुरु गरेका पुरस्कृत पत्रकार थकाली समाधान दैनिक, एपीवान टेलिभिजन, अन्नपूर्ण पोष्टमा कार्यरत छन् ।