जापानको नयाँ प्रधानमन्त्री शिगेरु इसिबा बन्ने
टोकियो : फुमियो किशिदापछि जापानमा बन्ने प्रधानमन्त्रीको नाम अनुमोदन भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार जापानका पूर्व रक्षामन्त्री शिगेरु इसिबा देशको नयाँ प्रधानमन्त्री बन्नेछन्।
शुक्रबार शिगेरु इसिबा जापानको सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) र देशको नेतृत्व गर्नको लागि चुनिएका हुन्। वर्तमान सत्तारुढ एलडीपीका नेता शिगेरु इसिबा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ। किनभने संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण छ ।
जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ। पहिलो र दोस्रो चरणको मतदानमा इशिबाले आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका थिए। बीबीसी
प्रतिक्रिया दिनुहोस !
८