निओ मनि ट्रान्सफर प्रा.लि. र नेपाल बैँक लि. बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता

निओ मनि ट्रान्सफर प्रा.लि. र नेपाल बैँक लि. बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता

काठमाडौं : निओ मनि ट्रान्सफर प्रा.लि. र नेपाल बैँक लि. बीच मिति २०८१/०५/१२ गते बुधबार एक समारोहका विच बैदेशिक रेमिट्यान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफर प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नेपाल बैँक लि. को तर्फबाट वरिष्ठ प्रबन्धक टेक बहादुर खड्काले हस्ताक्षर गरेका छन्।

पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित निओ मनि ट्रान्सफर र देश भरी २३६ वटा शाखा कार्यलय रहेको र बिभिन्न प्रकारको बैँकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आएको नेपाल बैँक लि. बीचको सम्झौता पश्चात निओ मनि ट्रान्सफर मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् । नेपाल बैँक लि. सँगको सम्झौता सँगै निओ मनि ट्रान्सफर प्रा.लि. ले अब देशभर १५००० भन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ।

निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो । विशेष गरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने निओ मनि ट्रान्सफरले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाहरूबाट ग्राहकका खातामा रियल टाइम बैँक डिपोजिट सेवालाई प्रभवकारी रुपमा प्रदान गर्दै आएको छ जसले गर्दा नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ । 

यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्राउन समेत टेवा पुर्याउने जानकारी निओ मनि ट्रान्सफर प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सागर खनालले दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.