दसैं सुरक्षा योजना  : काठमाडौंमा ३ हजार बढी प्रहरी परिचालन हुने

दसैं सुरक्षा योजना  : काठमाडौंमा ३ हजार बढी प्रहरी परिचालन हुने

काठमाडौं : नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर,काठमाडौंले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना परिसरको छ ।

चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चुनौतिहरू पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए।

सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुने उनले बताए। जनमानसमा सुरक्षकर्मीको सहज पहुँच, अपराध न्यूनीकरणका साथै स्रोत साधनको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राखिएको रजौरेले बताए।

उनले एरिया विभाजन गरि १४ जना प्रहरी नायव उपरीक्षकको कमाण्डमा एउटा टोलीमा १० जना रहने गरि परिचालन गरिने बताए । सवारी गस्तीमा इ–क्युआरटी ७६ र २४ वटा मोवाइल गस्ती परिचालन हुने परिसरले जनाएको छ । त्यस्तै सादा पोशाकमा ३८ वटा टोली खटिने प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.