झरीले रुझ्यो काठमाडौं (तस्बिरसहित)
काठमाडौं : बिहीबारदेखि देशभर परिरहेको वर्षाले जनजीवन प्रभावित भएको छ। मौसमविद्ले विभिन्न नदीको बहाब बढ्न सक्ने भएर सचेत रहन आग्रह गरेको छ। पहाडी र हिमाली क्षेत्रमा २ दिन रात्रीबस सञ्चालनमा रोक लगाइएको छ।
देशभर मनसुनी वायु साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा भइरहेको मौसमविद्हरुले बताएका छन्।
आज दिनभर देशभर नै धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मुसलधारे वर्षा हुने विज्ञले बताएका छन्।
काठमाडौंमा पनि लगातार परिरहेको वर्षाले दैनिकीमा समस्या उत्पन्न भएको छ। खोला आसपास पानीको सतह बढेको छ।