सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशका लागि दुईजनाको नाम सिफारिस भएको छ। शुक्रबार बसेको न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।
सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त गर्ने भनिएपनि विवादका कारण आज दुईजनाको मात्रै नाम सिफारिस गरेको हो। न्याय परिषद् बैठक चलिरहेकै बेला नेपाल बार एसोसिएसनले परिषद् परिसरमा धर्ना दिएको थियो।
बारले न्याय परिषद् नियमावली संशोधनको माग गर्दै धर्ना दिँदै आएको छ।