दसैं मनाउन घर फर्किरहेका बैतडीका युवक महाकालीमा खसेर बेपत्ता

दसैं मनाउन घर फर्किरहेका बैतडीका युवक महाकालीमा खसेर बेपत्ता

बैतडी : बैतडीका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमर सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। 

भारतको पिथौरागढबाट काम गरेर दसैंका लागि घर फर्किने क्रममा शुक्रबार बिहान ११ बजेतिर महाकाली नदीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।  

भारतबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको उनले बताए। 

झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने स्थानमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए। नदीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको छ। धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.