३ वर्षपछि भरिँदै कुलेखानी ड्याम, सतर्कता अपनाउन आग्रह

३ वर्षपछि भरिँदै कुलेखानी ड्याम, सतर्कता अपनाउन आग्रह
कुलेखानी ड्याम। फाइल तस्बिर

मकवानपुर : नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’ मानिने मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय इन्द्रसरोवर ताल निरन्तर परेको वर्षाका कारण भरिन लागेको छ। शुक्रबार विहानैबाट परेको निरन्तर पानीका कारण करिब ३ वर्षपछि ताल भरिन लागेको हो। 

कुलेखानी जलविद्युत केन्द्र प्रथमका कार्यालय प्रमुख तारादत्त भट्टका अनुसार जलाशयमा पानीको सतह करिब ३ घण्टामा १ मिटरका दरले माथि आइरहेको बताए। उनले भने, 'जलाशयको भण्डारण क्षमता समुन्द्री सतहदेखि १५ सय ३० मिटर रहेको छ। अहिले १५ सय २७ मिटर आइसकेको स्थिति छ। यस्तै अवस्था रहे जलाशय भरिन धेरै समय लाग्दैन।' 

जलाशय भरिएर पानी बाहिरिने सम्भावना भएकोले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन कुलेखानी प्रथम जलविद्युत केन्द्रले सूचना नै जारी गरेको उनले बताए। यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरलेपनि कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको बताउदै सचेत रहन आग्रह गरेको छ।

प्रहरीका मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत अलर्ट अवस्थामा रहन आग्रह गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.