खोलाले बगाएको भोलिपल्टसम्म भेटिइनन् वृद्धा

खोलाले बगाएको भोलिपल्टसम्म भेटिइनन् वृद्धा

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–७ की १ वृद्धालाई रतुवा खोलाले बगाएर बेपत्ता बनाएको छ। प्रहरीका अनुसार ७२ वर्षीया डुरोदेवी राजवंशीलाई खोलाले झापा तर्फबाट बगाएको हो। उनी हालसम्म भेटिएकी छैनन्। 

झापाको गौरादह नगरपालिका–६ स्थित छोरीको घर पुगेर फर्किने क्रममा डुरोदेवीलाई बिहीबार दिउँसो १२:३० बजेतिर खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। 

तर, वृद्धालाई बेपत्ता बनाएको भोलिपल्ट मात्रै मोरङ प्रहरीले घटनाको जानकारी पाएको थियो। शुक्रबार बिहान ११ बजेतिर प्रहरीलाई खबर आएको हो। झापा प्रहरीले भने बिहीबार नै खबर पाएको बताइएको छ।

‘छोरीको घर पुगेर आफ्नो घरतिर फर्कदा खोलाले बगाएर बेपत्ता भएको जानकारी आएको छ,’ मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले भने, ‘खोजी जारी राखिएको भएपनि फेला पार्न सकिएको छैन।’ 

उनका अनुसार तर्ने क्रममा खोलाले वृद्धालाई बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बेपत्ता बनाएको भोलिपल्ट पनि फेला पार्न नसकिएको र स्थानीयको सहयोगमा खोजी जारी राखिएको जानकारी जोशीले दिए।

वृद्धालाई खोलाले बगाएको २४ घण्टाभन्दा बढी भइसकेको छ। अब जीवितै भेट्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.