रोशी र कोशीमा आएको बाढीले बीच भागमा ३३ जना फसे, पाँच घर बगायो

रोशी र कोशीमा आएको बाढीले बीच भागमा ३३ जना फसे, पाँच घर बगायो

सिन्धुली : लगातारको वर्षासँगै आएको बाढीमा सिन्धुलीमा ३३ जना फसेका छन् भने पक्कीसहित पाँच घर बगाएको छ। 

सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जामा रहेको आदी लिङ्गेश्वर कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ बटुकसहित ३३ जना रोशी र सुनकोसीको बीच भागमा फसेका छन्। सोही ठाउँमा पक्की साढे दुई तलासहित पाँच घर बगाएको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) गोविन्दराज काफ्लेका अनुसार रोशी र सुनकोसी नदीमा आएको बाढीका कारण कुशेश्वर दुम्जामा रहेको आदी लिङ्गेश्वर कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ जना बटुक, ३ जना शिक्षक, २ जना कर्मचारी र अन्य दुई जनागरी ३३ जना शुक्रबार दिउसोदेखि बाढीमा फसेका छन्। 

उनीहरूको उद्धार गर्ने प्रयास भए पनि बाढीका कारण समस्या भएको छ। रोशीमा आएको बाढीले मन्दिर प्रवेशगर्ने मार्ग बगाएर पूर्णरूपमा क्षति पुर्‍याएको छ। ‘मन्दिर अगाडि रोशीको बाढी पसेको छ। मन्दिर पछाडि सुनकोसीमा बाढी उर्लेको छ। अहिले उहाँहरुको उद्धार गर्न समस्या भएको छ,’ उनले भने।

‘बाढीमा फसेकाहरूको उद्धारका लागि कुशेश्वर प्रहरी चौकी दुम्जाका प्रहरी सहायक निरीक्षक विसुराज थोकरको कमाण्डमा ६ जना, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक एल्जिना राईको कमाण्डमा ९ जना र शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ११ जना गरी २६ जनाको टोली उक्त स्थानमा तैनाथ छ,’ उनले भने।

‘तर रोशीमा बाढी नघटेकाले उद्धार गर्न कठिन भएको छ। गुरुकुलमा हेकाहरूसँग नियमित सम्पर्क भएको छ। उहाँहरूले हामीहरु सुरक्षित रहेको जनाउनु भएको छ। खोलामा थप बाढी बढे उहाँहरूको उद्धारका लागि नेपाली सेनासँग समेत खबर गरिएको र गृह मन्त्रालयमा समेत जानकारी गरिएको छ,’ काफ्लेले थपे।

त्यस्तै स्थानीय पार्वती श्रेष्ठको पक्कीघर शुक्रबार आएको बाढीले बगाएको छ। स्थानीय प्रमिला श्रेष्ठ, ज्ञानीमाया तामाङ, माया तामाङ र ठुलाकान्छा तामाङको घर तथा होटल र किराना पसल बगाएर पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुलीको विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्गमा समेत अवरुद्ध भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.