त्रिशूली नदीको बाढीले ३ टिप्पर र २ एक्साभेटर बगायो
चितवन : त्रिशूली नदीमा आएको बाढीले तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको छ। बाढीले निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ।
बाढीले शुक्रबार राति करिब १०:१० बजे गाडीहरु बगाएको बगाएको प्रहरीले जनाएको छ। बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको हो।
नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो। नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि सकिएको थिएन।