बाढीले कुलेखानी ड्याममा क्षमताभन्दा बढी पानी, ३१ वर्षपछि २ ढोका खोलियो

बाढीले कुलेखानी ड्याममा क्षमताभन्दा बढी पानी, ३१ वर्षपछि २ ढोका खोलियो
बाढीले कुलेखानी ड्याम भरिएपछि खोलिएका ढोकाहरु।

मकवानपुर : नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’ मानिने मकवानपुर स्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय इन्द्रसरोवर तालको २ वटा ढोका खोलिएका छन् । हिजो शुक्रवार बिहानैबाट सुरु भएको अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामका २ वटा  ढोका खोलिएको कुलेखानी जलविद्युत केन्द्र प्रथमका कार्यालय प्रमुख तारादत्त भट्टले जानकारी दिए ।  

उनका अनुसार अहिले एउटा ढोका १ मिटर र अर्को आधा मिटर खोलिएको छ ।  यसअघि ३ वर्षअघि ड्याममा पानी भरिए पनि ढोका नै खोल्नु पर्ने स्थिति आएको थिएन । 

उनले भने, 'गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी संकलन भएको थियो । जलाशय समुन्द्री सतहदेखि १५ सय ३० मिटरको उचाइमा रहेको छ। 

अहिले जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन भएको छ । जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका खोल्नु परेको हो । यसअघि  ०५० साल अर्थात ३१ वर्षअघि  जलाशय भरिएर ड्यामको ढोका खोलिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.