रातीदेखि गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध

रातीदेखि गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध
फाइल तस्बिर।

सन्धिखर्क : अविरल वर्षाको कारण ठाउँ ठाउँमा गएको पहिराले गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ। गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएराती देखि सडक अवरुद्ध बनेको छ।

जेसिभी प्रयोग गरेर सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विपन कार्कीले बताए। सडक अवरुद्ध बनेपछि यात्रुहरूबीच बाटोमै अलपत्र परेका छन्। गाडी सडकमै रोकिएका छन्।

सन्धिखर्क ढोरपाटन सडक वैकल्पिक बाटो पनि अवरोध भएको छ। सन्धिखर्क गोरुसिङ्गे सडक खण्डको सन्धिखर्क ६जगतादेखि नरपानीसम्म १२ ठाउँमा पहिरोले बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ।

नरपानीबाट असइको कमाण्डमा ४ जना जेसिवीसहित खटिइएर काम सुरु भएको प्रहरीको भनाइ छ।  सितगंगा नगरपालिका १२ बसेरीदेखि शितगंगा २ सितापुरसम्म ३ ठाउँमा बाटो अवरोध भएको र  सितापुरमा जेसिवीसहित टोली खटिइएको र सितगंगा १२ हिलेखोलातर्फ सई डम्बर बुढाथोकीको कमाण्डमा ४ जना टोलि खटिइएको प्रहरीले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.