नौबिसे-नागढुङ्गा सडक खण्डको झ्याप्ले खोलामा बस पहिरोले पुर्‍यो

नौबिसे-नागढुङ्गा सडक खण्डको झ्याप्ले खोलामा बस पहिरोले पुर्‍यो

धादिङ : धादिङको नौबिसे-नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा बस पहिरोले पुरिएको छ। 

बसका यात्रु सकुशल रहेका छन् भने ना ३ ख ७८५ नम्बरको ट्रकमा क्षति पुगेको छ। सड़कमाथिबाट खसेको पहिरोले बस पुरिएको हो।

प्रहरीका अनुसार माथिबाट पहिरो आउन थालेपछि यात्रु र चालकहरू बसबाट निस्किएकाले कुनै मानवीय क्षति भने भएको छैन। 

‘बस पहिरोले पुरिएको छ। पहिरो आउने क्रम रोकिएको छैन। स्काभेटर पठाएको तर पानी नरोकिएकाले पन्छाउन सकिएको छैन।’, खानीखोलाका प्रहरी प्रमुख इन्स्पेक्टर सिताराम विष्टले बताए। 

बिष्टले भने, ‘थप क्षति हुन नदिन उच्च सुरक्षा सर्तकता अपनाइएको छ।’ पहिरो खसेपछि सवारी साधनहरू बाटोमै अलपत्र परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.